कीवर्डहरू -

नेपाल बैंकले मागेको आशयपत्रप्रति क्यान महासंघको ध्यानाकर्षण, योगदानलाई अवमूल्यन गरेको भनाइ

नेपाल बैंकले मागेको आशयपत्रप्रति क्यान महासंघको ध्यानाकर्षण, योगदानलाई अवमूल्यन गरेको भनाइ

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले नेपाली सूचना प्रविधि कम्पनी अयोग्य हुने प्रावधान राखेर नेपाल बैंकले कोर बैंकिङ सोलुसन (सीबीएस) का लागि मागेको आशयपत्रप्रति गम्भिर ध्यानाकर्षण जनाएको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई ध्यानाकर्ष पत्र बुझाउँदै महासंघले नेपाली सूचना प्रविधि (आईटी) कम्पनी अयोग्य हुने प्रावधान राखेर सीबीएसका लागि नेपाल बैंकले निकालेको आशयपत्रप्रति गम्भीर ध्यानाकर्षण जनाएको हो ।

आशयपत्रमा कोर बैंकिङ सोलुसनको तालिम विदेशमा गर्नुपर्ने, विज्ञहरू अन्तर्राष्ट्रिय हुनुपर्ने, विश्वका विभिन्न आठ ठाउँमा उपयोग भएको हुनुपर्ने र एउटा नेपालको बैंकमा हुनुपर्ने विषय राखिएको छ ।

यस्ता विषयहरूले विगत २० औं वर्षदेखि नेपाली बैंकिङ क्षेत्रलाई पुर्‍याएको योगदानको अवमूल्यन गर्ने काम भएको क्यान महासंघ अध्यक्ष रणजीत पोदारले बताए ।

नेपाल बैंकले विगत १०-१५ वर्षदेखि नेपालमै बनेको पुमोरी प्रयोग गर्दै आएको र अचानक नयाँ सफ्टवेयरका लागि आशयपत्र मागेको जानकारी अर्थमन्त्रीलाई गराउँदै सोमा नेपाली सफ्टवेयर कम्पनीलाई भाग लिन बञ्चित गरिएको महासंघको भनाइ छ ।

सरकारले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्न मेक इन नेपाल अवधारणा अगाडि सारेको छ । तर नेपाल बैंकको यस्तो कदमले नेपाली कम्पनीहरू निरूत्साहित हुने र सरकारको मेक इन नेपाल तथा डिजिटल नेपाल अवधारणमै नकारात्मक असर पर्ने महासंघको घारणा छ ।

नेपालमा बनेका सफ्टवेयरलाई प्रोत्साहन गर्न सके र नेपालमा रहेका विज्ञहरूलाई सहयोग पुर्‍याउन सके विदेशी मुद्रा सञ्चितमा समेत टेवा पुग्ने पोदार बताउँछन् ।


यो पनि पढ्नुहोस्ः नेपाली आईटी कम्पनी अयोग्य हुने प्रावधान राखेर नेपाल बैंकले माग्यो सीबीएसका लागि आशयपत्र