कीवर्डहरू -

खल्तीबाट ५० रूपैयाँ टपअप गर्दा आईफोन १४ जित्ने मौका

खल्तीबाट ५० रूपैयाँ टपअप गर्दा आईफोन १४ जित्ने मौका

खल्तीले फेरी पनि आफ्नो चर्चित अफर 'खल्ती मा आइफोन १४'  ल्याएको छ । यस अन्तर्गत प्रयोगकर्ताले मात्र रु ५० मा आइफोन १४ जित्न सक्नेछन् ।

खल्ती प्रयोगकर्ताहरूले ५० रूपैयाँको मोबाइल टपअप गरि आइफोन १४ जित्न सक्छन् । साथै, खल्ती प्रयोगकर्ताहरूले हरेक टपअपमा ५० खल्ती पोइन्ट्स प्राप्त गर्नेछन्।

खल्ती प्रयोगकर्ताहरूले होमस्क्रिनमा रहेको खल्तीमा आइफोन १४ खण्डबाट टपअप गर्नुपर्छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत बिनय खड्काले यस अफरबाट प्रयोगकर्ताहरूलाई डिजिटल नेपालतर्फ थप उत्प्रेरित गर्न चाहेको बताए ।

अफरमा सहभागी हुन भने केवाईसी (KYC) भेरिफाइड अनिवार्य छ। केवाईसी भेरिफाइड नभएका प्रयोगकर्ताले पनि सजिलै केहि मिनेटमै केवाईसी भेरिफाइड गराएर अफरमा सहभागी हुन् सक्नेछन्। यो अफर पौष २८ देखि फागुन १६ सम्म लागु हुनेछ।

खल्तीको हाल चलिरहेको “खल्तीमा बैंक लिंक” अफर अन्तर्गत खल्तीमा लिंक गरिएको बैंक खाता मार्फत भुक्तानी गर्ने कुनै ४५ भाग्यशाली प्रयोगकर्ताले ३२” टिभी जित्ने सक्ने छन् ।

खल्तीमा आइफोन १४ मा टपअप गर्ने प्रयोगकर्ताले लिंक गरिएको बैंकबाट भुक्तानी गरि यो अफरमा पनि सहभागी जनाउन सक्नेछन्।