कीवर्डहरू -

सञ्जय अग्रवाल दक्षिण एशियाका उत्कृष्ट १० बीजनेस लिडर्स भित्र पर्न सफल

सञ्जय अग्रवाल दक्षिण एशियाका उत्कृष्ट १० बीजनेस लिडर्स भित्र पर्न सफल

युवा व्यवसायी तथा उद्यमी श्री सञ्जय अग्रवाल हालै सीईओ इनसाइट एशिया द्वारा “दक्षिण एशियाका उत्कृष्ट १० बीजनेस लीडर्स-२०२२” भित्र पर्न सफल  भएका छन् ।

यो अवार्डले दक्षिण एशियाली राष्ट्रहरुमा कर्पोरेट क्षेत्रलाई भविष्यमा बहुआयामिक दिशातर्फ डोर्‍याउने उत्कृष्ट व्यवसायी र विचारशील लीडर्सहरूलाई सम्मान गर्दै आईरहेको छ ।

अग्रवालले कलर्स, स्पाइस, एचटीसी, ब्ल्याकबेरी, जिओनी र शाओमी लगायत नेपालमा धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय मोबाइल कम्पनीहरूको निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

हाल उनी रमेश कर्पोरेशनका कार्यकारी निर्देशक छन् र विभिन्न मोबाइल ब्रान्डहरू सफलतापूर्वक शुरू गर्दै यसको सम्पूर्ण मोबाइल क्षेत्रको विकासका लागि राष्ट्रिय स्तरका नीतिहरू बनाउने मोबाइल फोन आयातकर्ता संघ नीति निर्धारण गर्ने निकायको उपाध्यक्ष पनि छन् ।

अवार्डले विशेषगरी मोबाइल, कन्ज्युमर ड्युरेबल र प्रविधिमा उल्लेखनीय योगदानको सम्मान गरेको छ । अग्रवालको उपलब्धि र सम्मानले युवा उद्यमी र व्यवसायीहरूका लागि प्रेरणा हुने बताइएको छ ।