कीवर्डहरू -

रिभरसङ मोटिभ सिक्सएक्स स्मार्टवाच नेपाली बजारमा

रिभरसङ मोटिभ सिक्सएक्स स्मार्टवाच नेपाली बजारमा

रिभरसङ मोटिभ सिक्सएक्स स्मार्टवाच नेपाली बजारमा सार्वजनिक भएको छ । यसमा कस्टोमाइज गर्न सक्ने किसिमको रहेको छ । यस स्मार्टवाचमा १.६९ इन्चको डिस्प्ले रहेको छ ।

डिस्प्लेको ब्राइटटनेस बाहिर पनि स्मार्टवाच प्रयोग गर्न गाह्रो नहुने गरि निर्माण गरिएको छ । यसले टचको पनि राम्ररी प्रतिक्रिया दिने गर्दछ ।

यसले फिटनेस ट्रयाकिङको सुविधा पनि दिने गरेको छ । यसमा रहेको सेन्सरले तपाईको मुटुको दर सनतुलित छ की छैन् भनेर पत्ता लगाउने गर्दछ ।

यसमा अक्सिजन ट्रयाक गर्न एसपिओटू सेन्सर पनि रहेको छ । यसमा इसिजी फिचर पनि रहेको छ । स्मार्टवाचमा रहेको ब्लुटुथ कलिङले वाच मार्फतनै फोन उठाउन र कल गर्न पनि दिने गर्दछ । यसलाई पूर्ण रुपमा चार्ज हुन् १२० मिनेट लाग्ने गर्दछ ।