कीवर्डहरू -

२०० मेगापिक्सेल क्यामेरा भएकाे स्मार्टफाेन सार्वजनिक गर्दै सामसङ

२०० मेगापिक्सेल क्यामेरा भएकाे स्मार्टफाेन सार्वजनिक गर्दै सामसङ

फेब्रुअरी १ मा सार्वजनिक हुने ग्यालेक्सी एस २३ अल्ट्रा र प्लसको इमेज लिक भएको छ । डच प्रकाशन न्यूवी मोबाइलले ग्यालेक्सी एस २३ अल्ट्रा र प्लसको इमेज सार्वजनिक गरेको हो ।

सार्वजनिक फोटोमा हामीले नयाँ फोनको क्यामेरा राखिएको ठाउँ, रगं तथा डिजाइन हेर्न सक्छौँ । यी फोन चार रंगमा उपलब्ध रहेका छन् जसमा फ्यान्टम ब्लयाक, कटन फलावर, बोटानिक ग्रीन र मिस्टी लिल्याक रहेका छन् ।

एस २३ अल्ट्रामा पाँच ओटा क्यामेरा सेन्सर रहेको छ । अल्ट्रामा पहिलेको मोडेलहरु भन्दा साइड बटन पनि अलि तल रहेको छ । अल्ट्रामा २०० मेगापिक्सेलको प्रमुख क्यामेरा पनि रहेको छ । यसमा अटोफोकस र स्टाबिलाईजेसन पनि राम्रो रहेको छ । दुवै फोन स्नापड्रागन एट जेन २ प्रोसेसरमा चल्ने बताइएको छ ।