कीवर्डहरू -

माओवादीको भागमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, रेखा शर्मा मन्त्री बन्दै 

माओवादीको भागमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, रेखा शर्मा मन्त्री बन्दै 

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा बन्ने भएकी छन् । दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित रेखा शर्मा सञ्चारमन्त्री बन्ने भएकी हुन् ।

सोमबार सत्ता गठबन्धनमा सहमति जुटेपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय नेकपा माओवादी केन्द्रको भागमा परेको थियो ।

सञ्चार मन्त्रालय माओवादीको भागमा परेसँगै उक्त मन्त्रालयमा रेखा शर्माको नाम पक्का भएको जनाइएको छ ।

आज दिउँसो १ बजे मन्त्रीहरूको सपथ ग्रहण हुने बताइएको छ । सत्ता गठबन्धनमा सहमति जुटेसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रीपरिषद् विस्तार गर्दैछन् ।