कीवर्डहरू -

नियम विपरीत फ्रिक्वेन्सी दिने तयारी गरेको भन्दै \'आइस्पान\' आन्दोलित

नियम विपरीत फ्रिक्वेन्सी दिने तयारी गरेको भन्दै \'आइस्पान\' आन्दोलित

इन्टरनेट सेवा प्रदायकहरु आन्दोलनमा उत्रिएका छन।  सरकारले टीभी प्रसारणको अनुमति लिएका कम्पनीलाई नियम विपरीत बिना प्रतिस्पर्धा चोर बाटोबाट इन्टरनेटका लागि फ्रिक्वेन्सी दिने तयारी गरेपछी इन्टरनेट सेवा प्रदायकहरूले सरकार विरुद्द आन्दोलन सुरु गरेका हुन।

नेपाल सरकारले हाल नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवा सञ्चालन गर्ने अनुमति दिइरहेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैले सो काम गर्न लागेकोमा पनि आफूहरुको आपत्ति रहेको इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आइस्पान) को भनाइ छ।

आइस्पानका अध्यक्ष भोजराज भट्टले सरकारले आफूहरुको माग सम्बोधन नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिनुभयो। उनीहरुले इन्टरनेट सेवा आफूहरुबाट सञ्चालन गर्ने कानुनी व्यवस्थाको उल्लंघन नगर्न सरकारलाई सचेत गराउँदै शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणमा ज्ञापन पत्र पनि बुझाएका छन।

उनीहरुले नेपाल दूरसञ्चार प्राधिकरणकको कार्यालयमा समेत धर्ना दिएका छन।