कीवर्डहरू -

आज साइबर सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय गोष्ठी हुँदै

आज साइबर सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय गोष्ठी हुँदै

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनको आयोजना तथा इन्फर्मेसन सेक्युरिटी रिस्पोन्स टिम नेपालको सह-आयोजनामा  'इन्टरनेसनल सेमिनार अन साइबर सेक्युरिटी' विषयमा सेमिनार आयोजना गर्दैछ ।

बुधबार अर्थात आज काठमाडौंको द एभरेष्ट होटलमा साइबर सुरक्षा सम्बन्धि अन्तर्राष्ट्रिय गोष्ठी हुँदैछ । कार्यक्रम आधिकारिक रूपमा दिउँसो ३ बजेबाट सुरू हुनेछ ।

कार्यक्रममा मन्त्री, सरकारी निकायका अधिकारी, बैंक तथा वित्तिय संस्थाका पदाधिकारी, सीईओ, आईटी अधिकारी, फिनेटक विज्ञ, साइबर सुरक्षा विज्ञ लगायत साइबर सुरक्षामा चासो राख्ने १०० बढी व्यक्तित्वको सहभागिता रहने छ ।

कार्यक्रममा किनोट प्रस्तुतीका साथै नेपाललाई साइबर सुरक्षामा मजबुत बनाउन साइबर सुरक्षा रणनीति तथा कानुन बारे प्यानल डिस्कसन पनि हुनेछ ।