कीवर्डहरू -

एन आई सीको “एक नेपाली, एक डिम्याट खाता“ अभियानको थालनी 

एन आई सीको “एक नेपाली, एक डिम्याट खाता“ अभियानको थालनी 


एन आई सी एशिया क्यापिटलले नयाँ वर्ष २०७६ लाई “एक नेपाली, एक डिम्याट खाता“ अभियानको वर्षको रुपमा संचालन गर्ने भएको छ । 


व्यक्तिको सवल आर्थिक भविष्यको लागि लगानीको महत्व साथै डिम्याट खाताको अपरिहार्यतालाई मध्यनजर राख्दै वर्ष २०७६ मा “एक नेपाली, एक डिम्याट खाता“  अभियानको थालनी गरेको हो ।

एन आई सी एशिया क्यापिटलले आम जनता माझ डिम्याट खाताको पहुच बढाउन देशव्यापी रुपमा विभिन्न कार्यक्रम संचालन गरि “एक नेपाली, एक डिम्याट खाता“ अभियान संचालन गर्ने छ । 


एन आई सी एशिया क्यापिटल लिमिटेडले सोहि अभियानलाई थप टेवा पुर्याउन मिति २०७६ अषाढ मसान्त सम्म डिम्याट खाता खोल्दा लाग्ने शुल्क छुट गरिएकोे छ । सो अभियानले विशेषतः महिला, बिद्यार्थी तथा नयाँ लगानीकर्ताहरुलाई लगानीका नयाँ अवसरबाट फाईदा लिन सघाउ पुर्याउने विश्वास लिईएको छ ।


एन आई सी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकाल देखि नै गुणस्तरिय मर्चण्ट बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै लगानी व्यवस्थापन सेवालाई आकर्षक तथा नविनतम सेवाको रुपमा स्थापना गर्ने कार्य गर्दै आईरहेको छ ।