कीवर्डहरू -

च्याट जीपीटीलाई एजुरे ओपन एआईमा जोड्दै माइक्रोसफ्ट

च्याट जीपीटीलाई एजुरे ओपन एआईमा जोड्दै माइक्रोसफ्ट

माइक्रोसफ्टले च्याट जीपीटी (जेनेरेटिभ प्रि ट्रेन्ड ट्रान्सफरमर) लाई क्लाउडमा आधारित एजुरे ओपन एआई सेवामा चाँडै जोड्ने भएको छ ।

च्याटजीपीटी जीपीटी ३.५ भर्सन आधारित एक विशाल भाषिक मोडेल च्याटबट हो । यसले सामान्यतया छलफल गरे जस्तै अन्तर्क्रिया गर्न सक्छ र मान्छेले कुरा गरे जस्तो नै लाग्ने गर्दछ ।

पहिले यो प्रणाली सिमित प्रयोगकर्ताका लागि मात्रै उपलब्ध रहेको थियो तर अब एजुरे ओपन एआई सेवामार्फत धेरै प्रयोगकर्ताका लागि हुनेछ ।

माइक्रोसफ्टले सन् २०१९ मा कम्पनीमा १ बिलियन अमेरिकी डलरको लगानी गरेको थियो । अहिलेका लागि ओपन एआइ निःशुल्क रहेको छ ।