कीवर्डहरू -

प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भयोः नेपाल टेलिकम

प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भयोः नेपाल टेलिकम

मंगलबार करिब १२ बजेदेखि केही समय कम्पनीका केही उपकरणमा प्राविधिक समस्या आई छोटो अवधिका लागि मोबाइल तथा पिएसटिएन टेलिफोन सेवा अवरुद्ध हुन गएकोमा कम्पनीका प्राविधिकहरुबाट तत्काल समाधान गरिएको थियो ।

समाधान भइसकेपश्चात छोटो अवधिमा पनि रोकिएका कलहरुको संख्यामा एक्कासी अत्यधिक वृद्धि हुन गई नेटवर्क कञ्जेसनका कारण केही समय कल आदान प्रदानमा ग्राहकहरुले असजिलोपन व्यहोर्नुपर्यो । यसरी प्राविधिक समस्याका कारण ग्राहकहरुमा पर्न गएको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ ।

भविष्यमा यस्ता समस्या दोहोरिन नदिन कम्पनीले प्रणालीगत सुधार कार्य निरन्तर गरिरहने छ । सेवाग्राहीलाई अविच्छिन्न, निर्वाध गुणस्तरीय दूरसञ्चार सेवाहरु प्रवाह गर्न कम्पनी सदा प्रतिबद्ध रहेको छ ।

साथै मोबाइल, टेलिफोन तथा कम्पनीका अन्य सेवाहरुमा कुनै समस्या आएमा १४९८ र १९८ मा सम्पर्क गरी समाधानका लागि पहल गर्न पनि कम्पनी सम्पूणर् ग्राहक महानुभावहरुमा अनुरोध गर्दछ ।