कीवर्डहरू -

महालक्ष्मी विकास बैंकका ग्राहकलाई स्टार हस्पिटल र अल्फा केयरमा १५ प्रतिशत छुट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई स्टार हस्पिटल र अल्फा केयरमा १५ प्रतिशत छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ सानेपा २ ललितपुरमा अवस्थित स्टार हस्पिटल लिमिटेड र नयाँ बानेश्वर, काठमाडौंमा अवस्थित अल्फा केयर प्रालि गरी दुई स्वास्थ्य संस्थाहरुसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले स्टार हस्पिटल लिमिटेडका सेवाहरुमा अधिकतम १५ प्रतिशत र अल्फा केयर प्रालिका सेवाहरुमा अधिकतम १५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

यस किसिमको सहकार्यबाट स्वास्थ्य उपचारमा ग्राहकहरुको पहुच बढ्नुका साथै सहज र सुलभ स्वास्थ्य उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षातकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।