कीवर्डहरू -

२४ बढी चलचित्र हलको टिकट अब खल्तीबाटै काट्न सकिने

२४ बढी चलचित्र हलको टिकट अब खल्तीबाटै काट्न सकिने

२४ भन्दा बढी चलचित्र हलहरूको टिकट अब खल्तीबाटै काट्न सकिने भएको छ । चलचित्र हलहरूसँग हालैको साझेदारी पछि खल्ती एपमा २४ भन्दा बढी चलचित्र हलको टिकट उपलब्ध भएको हो ।

हालैमा खल्तीमा सिटी म्याक्स सिनेमा - बागबजार (काठमाडौँ), सिटी सिनेमा (विराटनगर), केएसआर मुभिज (सिमरा) , एफक्युब सिनेमा (चाबाहिल,काठमाडौँ ) र वन सिनेमा (कालिमाटी) थपिएका छन्।

५० सेकेन्डमा चलचित्र टिकटहरू काट्न सकिने खल्तीले व्यवस्था गरेको छ । खल्तीले टिकट खरिद गर्ने परिभाषा बदलिदै आएको छ।

एउटै एप भित्र २४ भन्दा बढी चलचित्र हलको उपलब्धताले प्रयोगकर्ताको समय र चलचित्र टिकट खरिद गर्न झन्झट कम गर्ने खल्तीको भनाइ छ ।

खल्तीमा, प्रयोगकर्ताहरूले हालहरू, शो टाइम, मूल्य तुलना गर्न र प्राथमिकता अनुसार उपलब्ध उत्कृष्ट सिटहरू छनौट गर्न सक्छन्। खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले चलचित्रको टिकक बुकिङ प्लेटफर्म बनाउन लागि परेको बताए ।