कीवर्डहरू -

पोखरामा एनपीनोगको सूचना प्रविधि  कार्यशाला सुरू 

पोखरामा एनपीनोगको सूचना प्रविधि  कार्यशाला सुरू 

नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग) ले माघ ८ देखि १०  सम्म चल्ने तीन दिने 'एनपीनोग सेभेनnpNOG-7' नामक कार्यशाला पोखराको होटेल बाराहीमा सुरू भएको छ ।

उक्त कार्यशालामा नेटवर्किङ एवं सूचना तथा संचार प्रविधिको क्षेत्रमा लागेका व्यवसायिक विज्ञहरूबाट दुई विषयगत क्षेत्रमा तालिम संचालन हुनेछ ।

इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीक्स) तथा नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीनोग) ले संयुक्त रुपमा संचालन गर्ने उक्त कार्यशालाका विषय नेटवर्क एडमिनिस्ट्रेसन र सिस्टम एडमिनिस्ट्रेसन रहेका छन् । उक्त तालिममा सूचना संचार प्रविधिको क्षेत्रमा कार्यरत करिब ७५  जना सहभागी भएका छन् ।

एनपीनोग कार्यक्रम बर्षको दुई पटक आयोजना हुँदै आएको छ । त्यसमध्ये एक काठमाडौंमा र अर्को काठमाडौं बाहिर गरिने गरेको छ । साथै देशको लागि सक्षम व्यवसायिक प्रावधिक जनशक्ति तयार गर्नेमा संस्थाले काम गर्दै आएको छ ।