कीवर्डहरू -

शावमिको नयाँ मोडेल मि मिक्स २ अब चाँडै नेपाली बजारमा

शावमिको नयाँ मोडेल मि मिक्स २ अब चाँडै नेपाली बजारमा

अघिल्लो बर्ष सार्बजनिक भएको शावमिको बेजेल लेस स्मार्टफोन मि मिक्सले विश्व बजारमा धेरै चर्चा बटुलेको थियो । जसमा स्टेनलेस स्टिल बडी तथा गुणस्तरिय स्पेक्सजस्ता फिचरले धेरै प्रयोगकर्ताहरु लाई आकर्षित गरेको थियो । २०१७ को सेप्टेम्बरमा लन्च भएको शावमि मि मिक्स २, शावमि मिक्सकै परिमार्जित स्वरूप हो । यसमा पहिलेको मि मिक्समा भन्दा स्क्रिन साइज लगायत यसमा फिचरहरु पनि परिवर्तन गरिएको छ । शावमिको मि मिक्स २ यहि जनवरीको ९ मा नेपालमा सार्बजनिक गरिने एमआई नेपालले आफ्नो आधिकारिक फेसबुक पेजमा खुलाएको छ ।

शावमिको यो नयाँ ह्यान्डसेटमा पहिले प्रायोग गरिएको स्टेनलेस स्टीललाई हटाएर अल्मुनियम तथा सेरामिक्स बडीको  प्रयोग गरिएको छ । यद्धपी यो नयाँ फोनको डिजाइन पुरानो फोन सँग मेल खान्छ । शावमि मि मिक्स २ मा पहिलेको ६ इन्चको ठुलो स्क्रिन हटाएर ५.९९ इन्च को स्क्रिन राखिएको छ । त्यस्तै बेजेल लेस डिजाइन सहित यसमा गोरिल्ला ग्लास ४ प्रोटेक्सन रहेको छ । साथमा ओक्टाकोर क्वालकम स्नाप ड्रागन ८३५ प्रोसेसर प्याक भएको यो फोनमा ६ जीबी र्याम रहेको छ । त्यस्तै १२८ जीबीको इन्टरनल स्टोरेज रहेको छ ।

उक्त स्मार्टफोनमा रियरमा १२ मेगापिक्सेल र ५ मेगपिक्सेलको फ्रन्ट फेसिंग सेल्फी क्यामेरा रहेको छ । ३,४०० एमएएचको नन रेमुभेवल ब्याट्री पावर भएको मि मिक्स २ मा दुईवटा नानो सिम लाग्छ । साथै कनेक्टिभिटी अप्सनमा भने वाईफाई,ब्लुटुथ,जीपीएस,एनएफसी,३ जी तथा ४ जी जस्ता फिचर्स रहेका छन् । साथै फोनमा प्रोक्सीमिटि,कम्पास,एक्सेलेरोमिटर,जायरो,एम्बीयन्ट लाइट सेन्सर तथा ब्यारोमिटर जस्ता सेन्सरहरु समेत समाबेश गरिएको छ ।

भोलि अर्थात् जनवरी ९ मा सार्बजनिक गर्ने तयारी गरिरहेको शावमी मि मिक्स २ को मूल्य भने कति पर्ने भन्ने स्पष्ट नभएता पनि लगभग ६० देखि ७० हजार नेपाली रुपैँया पर्न सक्ने अनुमान गरिएको छ ।