एफवान सफ्ट इन्टरनेशनल प्रालिले आफ्नो वार्षिक कार्यक्रम अन्तरगत आयोजना गरेको बैंकर्स मिटअप २०२३ सम्पन्न भएको छ । कार्यक्रममा एफवान सफ्टको दृष्टिकोण, पछिल्ला दिनमा उत्पादन भएका प्रविधिबारे छलफल भएको थियो ।
उक्त कार्यक्रममा बैंक तथा वित्तीय क्षेत्रका तथा एफवान सफ्ट ग्रुपका अग्रणी व्यक्तित्वहरूको सहभागिता रहेको जनाइएको छ ।
कार्यक्रममा एफ्वान सफ्ट इन्टरनेशनलको तर्फबाट पछिल्ला समयमा विकास भएका प्रविधि,मोबाईल बैंकिङ्गमा प्रयोगकर्ताको विकास र विश्वास, आम मानिसले मोबाईल बैंकिङ्गलाई कुन रूपमा प्रयोग गरिरहेका छन् भन्ने विषयमा छलफल भएको थियो ।
साथै कार्यक्रममा पछिल्ला दुई वर्षमा डिजिटल माईक्रो कर्जा र कर्जा प्रवाह (फोनलोन) बाट देखिएका प्रभावका विषयमा छलफल भएको थियो । कार्यक्रममा आगामी दिनमा बैकिङ्क क्षेत्रमा मोबाईल बैंकिङ्गको क्षेत्रमा थप कसरी सुविधा दिन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको थियो ।
राजधानीको याक एण्ड यति होटलमा आयोजना भएको उक्त कार्यक्रममा एफवान सफ्ट ग्रुपका अध्यक्ष विश्वास ढकालले बैंकर्स मिटअप सबैभन्दा महत्वपूर्ण कार्यक्रम मध्ये एक रहेको बताए । एफवान सफ्ट इन्टरनेशनलले डिजिटल बैंकिङ्ग र वित्तीय क्षेत्रमा प्रविधि मार्फत सेवा प्रदान गर्दै आएको छ ।