कीवर्डहरू -

च्याट जीपीटी जस्तै टुलमा काम गर्दै गूगल 

च्याट जीपीटी जस्तै टुलमा काम गर्दै गूगल 

च्याट जीपीटीको चर्चा बढ्दै गएपछि गूगलले पनि छिट्टै एआई सर्चको डेमो सार्वजनिक गर्न सक्ने भएको छ । अहिले गूगलले च्याट जीपीटी जस्तै टुलमा काम गरिरहेको जानकारी बाहिर आएको छ ।

कम्प्यूटरलाई प्रश्न सोध्दा जवाफ आएमा एकदमै उपयोगी हुने गर्दछ र धेरैजसो समय च्याटजीपीटीले राम्रो प्रतिक्रिया दिने गर्दछ ।

गूगलले धेरैजस्तो समय प्रश्नहरुका लागि सुझावित जवाफ मात्रै दिने गर्दछ र त्योसँगै महत्वपूर्ण हुन सक्ने लिंकहरु देखाइदिने गर्दछ तर च्याटजीपीटीले एकदमै उचित तथा सटिक जवाफ दिने गर्दछ, जसकारण प्रयोगकर्ताहरुले च्याट जीपीटीलाई गूगल भन्दा बढी रुचाउन थालेका छन् ।

यही कारणले गूगलले एआइको डेमो चाँडै दिने भएको हो । च्याट जीपीटीले कुनै लिंक वा साइटेसन बिनानै उत्तर दिने गर्दछ, जुन धेरैजस्तो समय कामलाग्दो नै हुने गरेको छ तर कहिलेकाहीँ पूर्ण रुपले स्रोत नपुग्न पनि सक्छ ।

यो समस्या गूगलमा व्यहोर्नुपर्दैन् किनभने धेरैजस्तो साईट भरपर्दाेनै हुने गरेको पाइएको छ ।  गूगलले कम्तीमा पनि २० ओटा एआईबाट पावर गरिएको प्रडक्ट तथा सेवाहरु देखाउनेछ ।