कीवर्डहरू -

४० लाखले डाउनलोड गरे आईएमई पे एप

४० लाखले डाउनलोड गरे आईएमई पे एप

आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत सञ्चालित नेपालको पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी  आइएमई पेको एप डाउनलोड संख्या ४० लाख पुगेको छ ।

एप डाउनलोड संख्या ४० लाख पुगेको अवसर पारेर चन्द्रागिरिस्थित २५ सय ५१ मिटरको उचाइमा केक काटेर खुसीयाली साटासाट गरिएको छ ।

आइएमई ग्रुपमा कार्यरत अधिकांश कर्मचारीको उपस्थितिमा आयोजित पिकनिक कार्यक्रमसँगै सो उत्सव पनि मनाइएको थियो ।

ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट सुमन पोखरेल र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले उक्त अवसरमा सहकर्मी साथीहरूकाबीच खुसी आदानप्रदान गरेका थिए ।