कीवर्डहरू -

डिजिटल लर्निङका  १० रोचक तथ्यहरु 

डिजिटल लर्निङका  १० रोचक तथ्यहरु 


१. मोवाइल डिभाइस, ट्याब्लेटको प्रयोगबाट अध्ययन गर्दा ४३ प्रतिशतले प्रोडक्टीभिटी बढेको ग्रोथ इन्जिनियरिङ नामक सस्थाले गरेर अध्ययनले जनाएको छ । 


२. सन् २०१६ मा विश्वमा मोवाइल लर्निङ उद्योग ५.३ विलियन डलरको रहेको थियो भने सन् २०१७ को मध्यसम्ममा यो १२.२ बिलियन डलरमा पुगेको थियो । स्रोत, इ लर्निङ इन्डस्ट्री 


३. सन् २०१७ मा ८ प्रतिशत कम्पनीले म्यासिभ ओपन अनलाइन कोर्स(ःइइऋक० को प्रयोग गरेका थियो । तर अहिले यो संस्था दोब्बरले बढिसकेको छ ।  


४. भर्चुअल ट्रेनिङ कोर्स गर्दा क्लासरुममा भन्दा ४० देखि ६० प्रतिशत कम समय लाग्छ । अनलाइन कोर्स गर्दा विद्यार्थीले धेरै कन्सेप्ट र आइडियाहरु समेत जानिरहेका हुन्छन । स्रोत, इलर्निङ इन्जिनियरिङ 


५. आइबिएमले आफ्ना कर्मचारीको लागि भर्चुअल ट्रेनिङ कार्यक्रमले २०० मिलियन डलर रुपैया जोगाएको छ । यसको मतलब थोरै रकममा अनलाइन ट्रेनिङ गराउन सकिन्छ । स्रोत, आइआरआरओडिएल


६. इ लर्निङ प्रोडक्टहरुले १८ प्रतिशतले कर्मचारीको इन्गेजमेन्टलाइ बढाएको तथ्यांक छ । स्रोत, मोली फ्लेटचेर 
७. उत्तर अमेरिकाले विश्वभरमा भएको इलर्निङको ५३ प्रतिशत सेयर होल्ड गर्दछ । अमेरिका इलर्निङ बजारको लागि ठुलो खेलाडी हो । स्रोत, टेक्नाभिओ 


८. ७० प्रतिशत प्रोफेसनलहरुले व्यपारको लागि आफ्नो व्यत्तिगत डिभाइसहरु प्रयोग गर्दछन । जसले गर्दा कार्यालय वाहिर पनि इ लर्निङको प्लाटफर्म प्रयो गर्न सहज हुने गरेको छ ।

 
९. २०१८ को तथ्यांकमा प्रोफेसनलहरुले आफ्ना ३ देखि ४ वटा मोवाइल डिभाइसहरु प्रयोग गरिरहेका हुन्छन । स्रोत, गार्टनर 


१०. इलर्निङ कोर्सहरुले ९० प्रतिशत इनर्जि कम खपत गरिरहेका हुन्छन । यो इको फ्रेन्ड्ली पनि हुन्छ । स्रोत, यो ओपन इनभर्सिटी