कीवर्डहरू -

भिरिन्ची कलेजमा आइसिटी मेला सुरू

भिरिन्ची कलेजमा आइसिटी मेला सुरू

भिरिन्ची कलेजमा आजदेखि आइसिटी मेला सुरू भएको छ । ललितपुरको कुमारीपाटीस्थित भिरिन्ची कलेजमा सुरू भएको उक्त मेला ३ दिनसम्म चल्ने छ ।

आइसिटी मेला भिरिन्ची कलेजको वार्षिक कार्यक्रम हो, जहाँ ग्राजुएट विद्यार्थीहरूले विकास गरेका प्रडक्टहरू प्रदर्शनीमा राखिन्छ ।

नेपालको आइसिटी क्षेत्रमा भएका सम्भावना र अवसरलाई प्रवर्द्धन गर्न मेला आयोजना गरेको आयोजकको भनाइ छ । कार्यक्रमले सूचना प्रविधिमा काम गर्ने युवाहरूलाई पनि सघाउने विश्वास गरिएको छ ।

यस वर्ष मेलामा फेस डिटेक्सन डिभाइस, सेल्फ ब्यालेन्स रोबोट, स्मार्ट मिरर, इन्टर्याक्टिभ होलोग्राम, एलईडी क्युब, स्मार्ट होम्स, कार, स्मार्ट डस्टबिन लगायतका प्रडक्ट लगायतका प्रदर्शनीमा राखिएको छ ।

यस्तै मेलामा आरआरआर, बज वायर, ह्याण्ड जेस्चर, स्क्वाड गेम, कार सिमुलेटर लगायतका गेम खेल्न सकिने छ भने विद्यालय स्तरीय प्रतियोगिता र टुर्नामेन्ट समेत हुनेछ ।