कीवर्डहरू -

घट्यो कनेक्ट आईपीएसबाट हुने सरकारी राजस्व भुक्तानीको कारोबार शुल्क

घट्यो कनेक्ट आईपीएसबाट हुने सरकारी राजस्व भुक्तानीको कारोबार शुल्क

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कनेक्ट आईपीएका माध्यमबाट गरिने सरकारी राजस्व भुक्तानी तथा विभिन्न अन्य भुक्तानीहरुको कारोबार शुल्क घटाएको छ ।

कनेक्ट आईपीएमार्फत मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, कनेक्टआईपिएस, कर्पोरेटपे एवम् बैंक वित्तीय संस्थाको शाखाबाट रियल–टाइममा गरिने सरकारी तथा स्थानीय भुक्तानीहरुमा अब रु. १०,००० सम्मको भुक्तानी मा रु.२ र सो भन्दामाथि रु. २० लाख सम्मको भुक्तानीमा रु.५ कारोबार शुल्क लागू हुनेछ ।

हाल एनसीएचएलका वालेट एप मार्फत सरकारी राजस्व भुक्तानी गर्न सकिन्छ । भुक्तानी गर्न चाहने व्यक्ति वा संस्थाले यी विभिन्न अनलाइन माध्यम मार्फत वा कुनै पनि बैंक वित्तीय संस्थाको शाखामा गई राजस्व भुक्तानी गर्न सक्न्नेछन् ।

चालू आर्थिक वर्षको पहिलो ६ महिनामा एनसीएचएलका विभिन्न च्यानलहरु मार्फत सरकारी राजस्व भुक्तानीका रु ११४ अर्ब बराबरका ९ लाख ७० हजार भन्दा बढी भुक्तानी कारोबारहरु भएका छन् ।

एनसीएचएलले गत ५ वर्ष देखि सरकारी भुक्तानीहरु डिजिटाइज गर्न सरकारी निकाय सँग समन्वय गर्दै आएको छ भने गत आर्थिक वर्ष लगभग २० प्रतिशत जति राजस्व संकलन अनलाइन माध्यमबाट गराउन पनि सफल भइसकेको छ । आगामी वर्षहरुमा यस्ता अनलाइन संकलन अझै वृद्धि हुने कम्पनीको अपेक्षा छ ।