नेपाल राष्ट्र बैंकबाट भुक्तानी सम्बन्धि कार्य गर्न अनुमतिप्राप्त संस्थाहरूले मोबाइल एपबाट समेत ग्राहकको गुनासो दर्ता गर्न मिल्ने व्यवस्था गर्नुपर्ने भएको छ ।
यसका साथै विद्युतीय भुक्तानी सेवा प्रयोग गर्दा आउने कठिनाइ सम्बन्धमा सेवाग्राहीको गुनासो सुनुवाइ गर्न संस्थाले कम्तिमा १६ घण्टा (बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म) छुट्टै डेस्क सञ्चालन हुने व्यवस्था मिलाउनु पर्नेछ ।
त्यस्तै गुनासो सुन्ने अधिकारी समेत तोकि उक्त अधिकारीको नाम, पद, इमेल र मोबाइल नम्बर वेबसाइटको अग्रभागमा राख्नुपर्ने राष्ट्र बैंकले व्यवस्था गरेको छ ।
ग्राहक सोधपुछ र गुनासो सुनुवाईका लागि कम्तिमा २ वटा दूरसञ्चार सेवा प्रदायकको टोलफ्री नम्बर उपलब्ध पनि गराउनु पर्नेछ ।