कीवर्डहरू -

आगामी असारसम्म वालेट र क्युआरमा अन्तरआवद्धता कायम गर्न राष्ट्र बैंकको निर्देशन

आगामी असारसम्म वालेट र क्युआरमा अन्तरआवद्धता कायम गर्न राष्ट्र बैंकको निर्देशन

एक वालेटबाट अर्को वालेटमा रकम ट्रान्सफर गर्नसक्ने गरी विद्युतीय वालेटमा अन्तरआवद्धता कायम गर्नु पर्ने भएको छ ।

भुक्तानी प्रणाली सम्बन्धि एकीकृत निर्देशिका २०७९ जारी गर्दै  नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।

मोबाइल बैंकिङ्ग तथा इन्टरनेट बैंकिङ्गमार्फत कुनै बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट अन्य बैंक वित्तीय संस्थामा रहेको खातामा रकम ट्रान्सफर हुनसक्ने गरी उक्त उपकरणहरूमा अन्तरआवद्धता कायम गर्नुपर्ने राष्ट्र बैंकको भनाइ छ ।

यो सुविधा भएपछि एउटा वालेटबाट अरू वालेटमा रकम पठाउन सकिने छ । त्यस्तै नेपाल क्युआर स्ट्याण्डर्राइजेसन फ्रेमवर्क एण्ड गायडलाइन्स बमोजिम जारी भएका क्युआरमा अन्तरआवद्धता कायम गर्नुपर्नेछ ।

सोको लागि भुक्तानी प्रणाली सञ्चालकहरूले आफ्नो अक्वाइरिङ, र इस्यु एपीआई वा इन्टरफेस आफ्ना सदस्यहरूलाई उपलब्ध गराउनु पर्नेछ  ।

अन्तरआवद्धता कायम भएमा एउटै एपबाट अन्य नेटवर्कका क्युआर कोड पनि स्क्यान गर्न सकिने छ । नेपाल सरकारको कर, जरिवाना, दस्तुर, रजिष्ट्रेसन तथा सेवा शुल्क लगायतका भुक्तानी गर्ने गरी निश्चित संस्था तोकिएको अवस्थामा समेत त्यस्तो संस्थाले आफ्नो प्रणालीमा अन्य संस्थाहरूलाई निर्वाध पहुँच दिनु पर्ने राष्ट्र बैंकले बताएको छ । माथिका यी व्यवस्था २०८० असार मसान्तसम्म कार्यान्वयन गर्नुपर्नेछ ।