कीवर्डहरू -

बाइडुले मार्चमा च्याटजीपीटी जस्तै एआइ सार्वजनिक गर्ने

बाइडुले मार्चमा च्याटजीपीटी जस्तै एआइ सार्वजनिक गर्ने

चीनको सबैभन्दा ठूलो सर्च इन्जिनले मार्चमा च्याटजीपीटी जस्तै एआइ सार्वजनिक गर्ने भएको छ । चिनियाँ सर्च इन्जिन बाइडुले मार्चमा च्याटजीपीटी जस्तै एआइ सार्वजनिक गर्ने भएको हो । यो कम्पनीको मेसिन लर्निङ मोडेलमा आधारित हुनेछ ।

च्याटजीपीटी एक एआई च्याटबोट सिस्टम हो । यस प्रणालीलाई ओपनएआइले नोभेम्बरमा सार्वजनिक गरेको थियो । अहिलेसम्म कम्पनीमा १ बिलियन अमेरिकी डलरको लगानी गरिसकेको छ र आगामी दिनमा पनि १० बिलियन डलरको लगानी गर्ने योजनामा माइक्रोसफ्ट कार्यरत रहेको छ ।

बाइडुले आफू पहिलेदेखिनै यस्तै प्रविधिमा काम गर्न चाहिरहेको र अहिले यस्तो प्रविधिले धेरै लोकप्रियता पाइरहेकाले काम गर्न अझै उत्सुक रहेको जनाएको छ । गूगलले पनि च्याटजीपीटीलाई प्रतिस्पर्धीको रुपमा लिएको छ ।

गूगलले धेरैजस्तो समय प्रश्नहरुका लागि सुझावित जवाफ मात्रै दिने गर्दछ र त्योसँगै महत्वपूर्ण हुन सक्ने लिंकहरु देखाइदिने गर्दछ तर च्याटजिपीटीले एकदमै उचित तथा सटिक जवाफ दिने गर्दछ जसकारण प्रयोगकर्ताहरुले च्याटजीपीटीलाई गूगल भन्दा बढि रुचाउन थालेका छन् ।