एक नयाँ एआइ भ्वाइस टूललाई सेलिब्रिटीहरुको आवाज डिपफेक गर्न प्रयोग गरिएको छ । केही समय अघि इलेभन ल्याब्सले सेलिब्रिटीहरुको आवाज डिपफेक गर्न सक्ने एआइ स्टार्टअपको विकास गरेको थियो जसलाई अहिले धेरै प्रयोगकर्ताहरुले अर्काको आवाज क्लोन गर्नका लागि प्रयोग गरिरहेका छन् ।
अहिले इलेभन ल्याब्सको एआइ बेटा भर्सनमानै रहेको छ । केही वर्ष अघिमात्रै डिपफेक भिडियोको चलन आएको थियो जसका कारणले धेरै सेलिब्रिटीहरको डिपफेक भिडियो अनैतिक साइटहरुमा हालेर दुरुपयोग गरिएको थियो । अब सोही कुरा अडियोका लागि गर्न थालिएको छ ।