कीवर्डहरू -

मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहकहरूलाई चिरायू नेशनल अस्पतालमा १० प्रतिशत सम्म छुट

मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहकहरूलाई चिरायू नेशनल अस्पतालमा १० प्रतिशत सम्म छुट

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरूलाई काठमाडौँको बसुन्धरामा रहेको चिरायू नेशनल अस्पताल एण्ड मेडिकल संस्थानसँग विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौता पश्चात् मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहक ग्राहकहरूले चिरायू नेशनल अस्पतालमा विभिन्न सेवाहरूमा १० प्रतिशत सम्म विशेष छुट पाउन सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेको भिसा नेटवर्क मा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।