कीवर्डहरू -

नेपालमा \'सुरक्षित इन्टरनेट दिवस\' मनाउँदै चाइल्डसेफनेट

नेपालमा \'सुरक्षित इन्टरनेट दिवस\' मनाउँदै चाइल्डसेफनेट

चाइल्डसेफनेटले फेब्रुअरी ७ मा सुरक्षित इन्टरनेट दिवस मनाउने भएको छ । बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधिको सुरक्षित तथा सकारात्मक प्रयोगको प्रवद्र्धन गर्न तथा यससम्बन्धी राष्ट्रिय संवादलाई उत्प्रेरित गर्नका लागि फेब्रुअरी ७ मा सुरक्षित इन्टरनेट दिवस’ मनाइने भएको हो ।

प्रत्येक वर्ष फेब्रुअरीमा विश्वव्यापी रूपमा सुरक्षित इन्टरनेट दिवस’ विश्वका १७० भन्दा बढी देशहरुमा मनाइन्छ । सन् २०१९ देखिँ चाइल्डसेफनेटले सुरक्षित इन्टरनेट दिवसको नेपाल सचिवालयको रुपमा सुरक्षित इन्टरनेट दिवसका आयोजना र प्रवर्धन गर्दै आएको छ ।

यस दिवसले डिजिटल प्रविधिको सकारात्मक र सुरक्षित प्रयोगबारे सचेतना बढाउन तथा सुरक्षित अनलाइन संसार सिर्जना गर्नका लागि हामी सबैले निर्वाह गर्नसक्ने भूमिकाको खोजी गर्नका लागि अवसर उपलब्ध गराउँछ ।

सुरक्षित इन्टरनेट संसार सिर्जनाका लागि सघाउने अभियानमा सहभागी बन्न यस दिवसले युवावर्ग, अभिभावकहरू, शिक्षकहरू, सामाजिक कार्यकर्ताहरू, कानुन कार्यान्वयनकर्ताहरू, कम्पनीहरू, नीति निर्माताहरू तथा अन्य सबैलाई आह्वान गर्दछ ।