कीवर्डहरू -

२०० मेगापिक्सेलको क्यामेरा सहित सामसङ ग्यालेक्सी एस २३ सार्वजनिक 

२०० मेगापिक्सेलको क्यामेरा सहित सामसङ ग्यालेक्सी एस २३ सार्वजनिक 

सामसङले ग्यालेक्सी एस २३ सार्वजनिक गरेको छ । फोनमा क्युएचडी प्लस रिजोलुसन रहेको छ । डिभाइसमा फोरजी एलटीई र फाइभजी कनेक्टिभीटीको फिचर रहेको छ । यसमा अक्टा कोर प्रोसेसरको पनि सुविधा रहेको छ । फोनमा स्नापड्रयागन एट जेन २ प्रोसेसरको प्रयोग गरिएको छ ।

स्मार्टफोनमा चार ओटा रियर क्यामेरा रहेको छ । यसमा २०० एमपीको प्राइमरी लेन्स, १२ एमपीको अल्ट्रावाईड, १० एमपीको टेलिफोटो र १० गुणा बढी अप्टिकल जुम रहेको छ । फोनमा ४७०० एमएएचको ब्याट्री पनि रहेको छ । फोनमा ३७०० एमएएचको ब्याट्री रहेको छ ।

यस फोनमा स्याटेलाईट कनेक्टिभिटी फिचर आउने भएको छ । सामसङले इरिडियम नामक स्मार्टफोन कम्पनीसँग सहकार्य गरेर स्याटेलाईट कनेक्टिभिटीको दिन लागेको हो ।

एन्ड्रोइड १४ मा पनि स्याटेलाईट कनेक्टिभिटी फिचर सार्वजनिक हुनेछ । तर सामसङले त्यो भन्दा अगाडि नै कनेक्टिभिटी फिचर सार्वजनिक गर्ने तयारी गरेको हो ।

स्याटेलाईट कनेक्टिभिटी मार्फत डेटा, मेसेज तथा इमेज पठाउन सकिन्छ । सामसङले यस फिचरका लागि विगत २ वर्ष देखि काम गर्दै आएको थियो । १२८ जिबी स्टोरेज भएके सामसङ ग्यालेक्सी एस २३ को ८०० डलर पर्ने गर्दछ ।