कीवर्डहरू -

च्याटजीपीटीको १०० मिलियन प्रयोगकर्ता पूरा

च्याटजीपीटीको १०० मिलियन प्रयोगकर्ता पूरा

च्याटजीपीटीले जानवरीमा १०० मिलियन प्रयोगकर्ता पुर्याउन सफल भएको थियो । च्याटजीपीटी टिकटक भन्दा पनि छिटो चर्चित हुँदै गईरहेको छ । विश्लेषण गर्न केन्द्र यूबिएसले सञ्चालन गरेको अध्ययनका अनुसार जानवरीमानै च्याटजीपीटीको १०० मिलियन मासिक प्रयोगकर्ता पुगिसकेको थियो ।

यो च्याटबोट प्रयोगकर्ताहरुका लागि गत वर्षको ३० नोभेम्बर देखि मात्रै उपलब्ध भएको हो । उपलब्ध भएको पहिलो महिनामानै च्याटजीपीटीको ५७ मिलियन मासिक प्रयोगकर्ता पुगिसकेको थियो ।

दैनिक रुपमा पनि १३ मिलियन प्रयोगकर्ताहरुले च्याटबोट प्रयोग गर्ने गर्दथे । टिकटकलाई भने १०० मिलियन प्रयोगकर्ता पुर्याउन नौ महिना लागेको थियो । च्याटजीपीटीको लोकप्रिय हुनुमा एक महत्वपूर्ण कारक यो निःशुल्क रहेकोलाई मान्न सकिन्छ ।

अहिलेसम्मका लागि च्याटजीपीटी सबै प्रयोगकर्ताहरुका लागि निःशुलकनै रहेको छ । तर ओपन एआईका सिइओ स्याम अल्टम्यानका अनुसार उक समयमा पुगेपछि कुनै एक तरिकाले सफ्टवेयरलाई मनेटाइज गरिएन भने दिगो समयसम्म सेवा दिनलाई समस्या हुनेछ ।