कीवर्डहरू -

पब्जी बन्द गर्नु असंवैधानिक भन्दै सर्वोच्चमा रिट दायर

पब्जी बन्द गर्नु असंवैधानिक भन्दै सर्वोच्चमा रिट दायर

काठमाडाैं । गत हप्ता सरकारले प्रतिबन्ध लगाएकाे पब्जी गेम माथिको प्रतिबन्ध असंवैधानीक रहेकाे भन्दै सर्वाेच्च अदालतामा रिट दायर भएकाे छ ।

नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय कानुन समेतको विपरीत रहेको भन्दै अधिवक्ताहरु प्रवीण सुवेदी, विकास थापा, अनुराग सुवेदी, सुवास पाठक, रितेश पौड्याल तथा कानुनका विद्यार्थी विनय रिमालले आज सर्वोच्च अदालतमा सार्वजनीक सरोकारको मुद्दा दायर गरेका हुन्।

उनीहरूले कानुन निर्माण गरेर मात्र बन्देज लगाउन पाइने संवैधानीक व्यवस्था भएको भएतापनि कुनै पनि कानुनी प्रावधान विना नै काठमाडौँ जिल्ला अदालतले उक्त गेम मा प्रतिबन्ध लगाउने गरी भएको अनुमति सम्बन्धित निर्णय तथा सो निर्णय बमोजिम भए गरेका सम्पूर्ण काम कारवाही निवेदनको अन्तिम टुंगो नलागेसम्म यथास्थितीमा राख्न समेत अदालतबाट आदेश माग गरी निवेदन दायर गरेका छन् ।