कीवर्डहरू -

नेपालमा पनि सुरू भयो सामसङ ग्यालेक्सी एस २३ सिरिजको प्रि अर्डर

नेपालमा पनि सुरू भयो सामसङ ग्यालेक्सी एस २३ सिरिजको प्रि अर्डर

नेपालमा सामसङ ग्यालेक्सी एस २३ सिरिजको प्रि अर्डर खुला भएको छ । नेपालमा पनि ग्यालेक्सी एस २३ अल्ट्रा,  ग्यालेक्सी एस २३ प्लस र ग्यालेक्सी एस २३ को बुकिङ खुला भएको हो ।

गएको फेब्रुअरी १ मा सामसङले ग्यालेक्सी एस २३ सिरिज  सार्वजनिक गरेको थियो। फोनमा स्न्यापड्रागन ८ जेन २ प्रोसेसर प्रयोग गरिएको छ । यसले मोबाइल गेमिङ अनुभव र शक्तिशाली रूपमा दिर्घकालिन गेम प्ले उपलब्ध गराउने कम्पनीको दावी छ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले फोन प्रिअर्डर गर्दा आकर्षक अफर पाउने बताए । आफुलाई मन पर्ने ग्यालेक्सी एस २३ सिरिज फोन यहाँ क्लिक गरेर प्रि अर्डर गर्न सकिने छ ।

अथवा तपाईंको नजिकको सामसङ फोन स्टोरहरूमा जान सक्नु हुनेछ। प्रिअर्डर अफरहरू फेब्रुअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र मान्य हुनेछन्।

त्यस्तै फोनमा ईएमआईको समेत सुविधा रहेको छ । ए स२३ सिरिज रु.६,४०० बाट सुरु हुने मासिक शुन्य प्रतिशत ब्याज दरमा ईएमआई (EMI) मा पनि उपलब्ध छ। सामसङले १ वर्षको लागि १ पटक ब्रेकेज बीमा पनि उपलब्ध गराउँने छ ।