कीवर्डहरू -

४९ रूपैयाँमा १ दिनका लागि टेलिकमको अनलिमिटेड डाटा र १०० मिनेट भ्वाइस

४९ रूपैयाँमा १ दिनका लागि टेलिकमको अनलिमिटेड डाटा र १०० मिनेट भ्वाइस

नेपाल टेलिकमले २९४ रूपैयाँ २० जीबी डाटा दिने भएको छ । आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा टेलिकमले यस्तो अफर ल्याएको हो ।

टेलिकमका अनुसार २९४ रूपैयाँमा २० जीबी र ९८ रूपैयाँमा ६ जीबी डाटा पाइने छ । २० जीबी डाटाको भ्यालिडिटी १० दिन र ६ जीबी डाटाको भ्यालिडिटी ३ दिन हुनेछ ।

त्यस्तै डे कम्बो प्याक अनुसार ४९ रूपैयाँमा १ दिनका लागि १ एमबिपिएस गतिको अनलिमिटेड डाटा र १०० मिनेट अन नेट भ्वाइस पाइने छ ।

यो अफर माघ २२ गतेदेखि माघ २९ गतेसम्म लागु हुनेछ । प्रयोगकर्ताले *१४१५*११# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपबाट पनि अफर लिन सक्ने छन् ।