कीवर्डहरू -

‘विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि’ नारासहित १२औं विज्ञान दिवस मनाइँदै

‘विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि’ नारासहित १२औं विज्ञान दिवस मनाइँदै

असोज १ गते अर्थात आज राष्ट्रिय विज्ञान दिवस मनाइँदै छ । ‘विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि’ भन्ने आदर्श वाक्यका साथ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १२औँ राष्ट्रिय विज्ञान दिवस मनाउन लागेको हो । 

विज्ञान, प्रविधि तथा अनुसन्धानमा भएका उपलब्धिबाट कृषि तथा औद्योगिक उत्पादन, उत्पादकत्व अभिवृद्धि र दिगो पूर्वाधार विकास हासिल गर्ने लक्ष्यतर्फ अनुसन्धानकर्ता, प्राज्ञिक वर्ग, वैज्ञानिक समाज, निजी क्षेत्र एवं सरोकारवाला सबै निकायलाई प्रयासरत रहन प्रेरित गर्न विज्ञान दिवस मनाउन लागिएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय प्राकृतिक संरक्षण कोषको सभा हलमा आयोजना हुने कार्यक्रममा साइन्स एन्ड टेक्नोलोजी टु एक्सलेरेट प्रोडक्सन ईन नेपाल विषयमा प्यानल छलफल समेत हुनेछ ।

त्यस्तै औपचारिक कार्यक्रममा राष्ट्रिय विज्ञान, प्रविधि तथा नवप्रवर्तन पुरस्कार, २०८१ का लागि छनोट भएका ९ जनालाई पुरस्कार समेत प्रदान गर्दैछ ।