कीवर्डहरू -

लोकप्रिय एप टिकटक ब्लक

लोकप्रिय एप टिकटक ब्लक

काठमाडौं। भिडियो सेरिङ एप टिकटक भारतमा ब्लक भएको छ। टिकटकले भारतमा पोर्नोग्राफीलाई बढावा दिइरहेको भन्दै मद्रास उच्च अदालतले भारत सरकारलाई केहि समय अगाडि टिकटक एपलाई  प्रतिवन्ध लगाउने आदेश दिएको थियो।

भारत सरकारको आग्रहमा एप्पल को एप स्टोर र गुगलले प्ले स्टोरबाट टिकटक एपलाई हटाइएको छ। भारतमा टिकटक एपका १२ करोडभन्दा बढि र विश्वमा ५० करोडभन्दा बढि प्रयोगकर्ता छन।

यो एप पहिले देखि आफ्नो मोबाइलमा हुनेहरुले प्रयोग गर्न सक्नेछन। भारतमा टिकटक ब्लक भएपनि टिकटकलाई अवैध भने  बनाइएको छैन। टिकटक एपको अर्को सुनुवाई मद्रास उच्च अदालतमा २२ अप्रिलमा हुदैछ।