कीवर्डहरू -

पाकिस्तानमा अब विकिपिडिया नचल्ने

पाकिस्तानमा अब विकिपिडिया नचल्ने

पकिस्तानले धर्मविरोधी कन्टेन्ट राखेको भन्दै विकिपिडियालाई ब्लक गरेको छ । पाकिस्तानी दूरसञ्चार प्राधिकरणले विकिपिडियालाई धर्मविरुद्ध कन्टेन्ट पोस्ट गरेको भन्दै ४८ घण्टासम्मका लागि सुस्त बनाएको थियो ।

त्यसपछि पनि विकिपिडियाले वेबास्ता गरेपछि  वेबसाइटलाई पाकिस्तानमा प्रतिबन्ध गरिएको हो । पाकिस्तानले डिजिटल कन्टेन्टहरुलाई नियमन गरिरहेको छ र त्यही क्रममा विकिपिडियालाई ब्लक गरेको हो ।

अंग्रेजी विकिपिडिया पेजमा पाकिस्तानमा मासिक रुपमा ५० मिलियन प्रयोगकर्ताले भिजिट गर्ने गरिरहेको छन् । धेरै इस्लाम देशहरुमा धर्म विरुद्ध कुनै पनि गतिविधि गर्न नपाइने नियम रहेको छ ।

इस्लामिक देशमा धर्म विरोधी कुनै गतिविधि गरे मृत्युदण्ड समेतको सजाय दिइन्छ । पाकिस्तान पनि इस्लामिक देश भएका कारण त्यहाँ पनि धर्म विरोधी गतिविधि गर्न पाइदैन् । त्यसैको स्वरूप अब पाकिस्तानमा विकिपिडिया चल्ने छैन् ।