कीवर्डहरू -

ओसी ग्रुपले ल्यायो ‘मेरो डिस्काउन्टस्’ अनलाइन मञ्च

ओसी ग्रुपले ल्यायो ‘मेरो डिस्काउन्टस्’ अनलाइन मञ्च

ओसी ग्रुपले सोमबारबाट  सञ्चालनमा ल्याइएको ‘मेरो डिस्काउन्टस्’ एक मात्र स्थानीय अनलाइन मञ्च भएको जनाएका हो । यसले स्थानीय व्यवसायीहरुको व्यापार बढाउन तथा ग्राहकवर्गहरुलाई गुणस्तरीय सेवा प्रदान गर्न मद्दत गर्ने ग्रुपले जनाएको छ ।

मेरो डिस्काउन्टस् डटकमले छुट प्रदान गर्ने कम्पनी रहेको जनाइएको छ । आफ्नो ग्राहकहरुले खरिद गर्ने  प्रत्येक सेवा तथा सुविधाहरुमा विशेष छुट दिने लक्ष्य राखेको ग्रुपले बताएको छ । जसमा नगद छुट, प्रमो कोड, भौचर, कुपन वा अन्य प्रकारका हुने बताइएको छ ।

यस्तै स्वास्थ्य र स्वादिष्ट भोजन वा कुनै स्पाको आनन्द लिन तथा मनोरञ्जनात्मक क्रियाकलाप, सपिङ मलमा किनमेल पनि मेरो डिस्काउन्टस्बाट गर्न सकिने जनाइएको छ ।

'हामी व्यवसायीहरुलाई उच्च ब्राण्डको स्पष्ट मञ्च प्रदान गरी व्यापार बढाउन मद्दत गर्नेछौं । जसले ग्राहकवर्गहरुलाई सजिलै सेवा सुविधा लिन सक्ने वातावरण सृजना गर्नेछ । मेरो डिस्काउन्टस्बाट मध्यम वर्गका ग्राहकहरुले पनि स्तरीय सेवा र सुविधाहरू उपयोग गर्न सक्नेछन् ।

साथै व्यवसायीहरुको विक्री वितरण बढाउन र नयाँ व्यवसायीहरुलाई थप प्रोत्साहन गरी अगाडि बढ्न मद्दत पुग्नेछ', ग्रुपले भनेको छ, 'मेरो डिस्काउन्टस्सँग जोडिएको खण्डमा विक्रेताहरू सहजै रुपमा खुसी हुनेछन् भने ग्राहकले पनि आफ्नो इच्छा अनुसारको सेवा र अफरहरु पाउनेछन् । हामीले व्यवसायीहरुलाई परामर्शमार्फत उनीहरुको व्यवसायलाई अगाडि बढाउन पनि मद्दत गर्नेछौं ।

हामीले पेशागत बजारमा आधारित डिजिटल र सृजनात्मक विक्री वितरणको रणनीतिहरु प्रदान गर्नेछौं भने विक्री वितरणको चुनौतिहरु समाधान गर्न पेशागत रणनीतिहरु अपनाउने कम्पनीको लक्ष रहेको छ ।'

दक्ष प्राविधिकद्वारा विभिन्न अफरका स्किमहरु प्रदान गरी व्यवसायको बजार प्रवर्द्धनमा मद्दत पु¥याउने ग्रुपले जनाएको छ ।