कीवर्डहरू -

सुरक्षित रुपमा इन्टरनेट प्रयोग गर्न यस्तो गर्नुहोस्

सुरक्षित रुपमा इन्टरनेट प्रयोग गर्न यस्तो गर्नुहोस्

नेटमा सुरक्षित सर्फिङ गर्नका लागि केके कुरामा सावधानी अपनाउन जरुरी छ त ?

आजभोलि मानिसले धेरैजसो समय इन्टरनेटमा बिताउछन् । अहिलेको समयमा इन्टरनेट अपरिहार्य भइसकेको छ । एक दिन नेटमा बसिएन भने पूरा संसारसँग सम्बन्ध छुटेको भान हुन थाल्छ ।

यसरी हेर्दा इन्टरनेट धेरैका लागि आवश्यकता नै बनिसकेको छ । इन्टरनेट जति मानिसको आवश्यकता बन्दै छ त्यति नै इन्टनरेटबाट हुने हिंशा, दुर्व्वहार र शोसनका घटना पनि बढ्दै गएका छन् ।

यस्ता समस्याबाट बच्न आजको इन्टरनेट युगमा सुरक्षित इन्टरनेट चलाउनु महत्वपूर्ण छ । त्यसकारण आज हामी तपाईलाई सुरक्षित रूपमा कसरी इन्टरनेट प्रयोग गर्ने बारे जानकारी दिदैछौं ।

त्यसो त नेटमा सर्फिङ गर्नु त्यति गाह्रो छैन । सानासाना कुराहरूमा थोरै पनि सतर्क रहेमा यो काम सहज हुन पुग्दछ ।

इमेल हुन सक्ने खतरा :

यदि नेट सर्फिङको दौरान तपाईंलाई कसैले यस्तै बेकारको चिज मेल गरेको भेट्टाउनुभयो भने उक्त मेल खोल्नु र जबाफ दिनुको साटो त्यस्ता मेल वा एप्लिकेसनहरूलाई तपाईं ब्लक गर्न सक्नुहुन्छ । यो कुरामा निकै ध्यान दिन जरुरी छ कि अञ्जान इमेलको साथ अट्याचमेन्टका रूपमा नै सबैभन्दा धेरै भाइरस आउने खतरा रहन्छ । त्यसैले, उक्त मेलको एट्याचमेन्टलाई विनाजाँच कहिल्यै पनि डाउनलोड नगर्नुहोस् ।

कुनैकुनै इमेल तपाईंलाई यति रकम चिठ्ठा पर्यो, यो यो पुरस्कार पर्यो भन्ने लाेभ देखाएर फसाउने खालका पनि आउँछन् र यसमा तपाईंको नाम ठेगानाका साथै अरु व्यक्तिगत जानकारी मागिएका हुन्छन् ।

यस्ता इमेलहरूमा लोभिएर कहिल्यै पनि रिप्लाई दिने नगर्नुहोस् । यसमा मात्र तपाईंहरूलाई ठग्नेबाहेक अरु केही हुँदैन । याद राख्नुहोस्, नकिनेको चिठ्ठा कहिल्यै पर्दैन । इमेल आक्रमणबाट सुरक्षित हुने सजिलो उपाय आफूले नचिनेका इमेलहरूलाई नखोलीकनै डिलिट गर्नु नै हो ।

के के सावधानी अपनाउने ?

नेट सर्फिङ वा च्याटको दौरान अञ्जान मित्रहरूलाई आफ्नाे नाम, ठेगाना, फोननम्बर अनि बैङ्क अकाउन्ट नम्बरसम्बन्धी सही सूचना कहिल्यै पनि नदिनुहोस् । नेटमा बनाएका साथीहरूस“ग सकेसम्म एक्लै भेट नगर्नुहोस् । धेरैजस्तो साइट आजकाल पुरस्कार, सर्वेक्षण वा रजिस्ट्रेसनको बहाना बनाएर तपाईंको निजी सूचना, इमेल एड्रेस र पासवर्ड माग्ने गर्छन् । यसमा सतर्क हुनु जरुरी छ ।

यस्ता धेरैजसो साइटहरू आफै पनि कुनै न कुनै प्रोडक्टहरू बेच्ने कोशिस गर्छन् र इमेल डाटा सङ्कलन गरेर विज्ञापनदाता कम्पनीहरूलाई बेच्ने गर्छन् । अनलाइन शपिङको कारोबारसँग सम्बन्धित साइटहरू पनि यस्तो गर्ने गर्दछन् । त्यसैले, यिनीहरूसँग सावधान रहनुमा नै भलाइ छ ।

अनलाइनमा बनाएका साथीहरूसँग सकेसम्म एक्लै भेट नगर्नुहोस् । धेरैजस्तो साइट आजकाल पुरस्कार, सर्वेक्षण वा रजिस्ट्रेसनको बहाना बनाएर तपाईंको निजी सूचना, इमेल एड्रेस र पासवर्ड माग्ने गर्छन् । यसमा सतर्क हुनु जरुरी छ । कुन सही र कुन गलत छुट्याउन सक्नु पर्छ । अनलाइनमा राख्ने पासवर्ड बलियो राख्नुहोस् ।

आठ अंकभन्दा बढीको नम्बर, अक्षर, विशेष क्यारेक्टर प्रयोग गरी बलियो पासवर्ड राख्नुपर्छ । बलियो पासवर्ड भयो भने ह्याक गर्न गार्‍हो हुन्छ ।

त्यसैगरी इन्टरनेटमा थुप्रै भाईरस र मालवेयरहरु हुने गर्दछन् । ह्याकरहरुले मानिसको निजी जानकारी चोर्न विभिन्न किसिमका सफ्टवेयर बनाएका हुन्छन् ।

धेरै जस्तो ठाउँमा भाईरसले सिपियू, मेमोरी र अरु प्रणाली स्रोतहरु लिदिने गर्दछ । यसबाट बाँच्नका लागि एन्टीभाइरसको प्रयोग जरुरी छ । एन्टीभाईरस एक कम्प्यूटर प्रोग्राम हो जसले तपाईको कम्प्यूटरमा संक्रमण भएको कम्प्यूटर भाईरसलाई हटाईदिने गर्दछ ।

कुनै नयाँ भाईरसको संक्रमण हुनबाट पनि एन्टीभाईरसले जोगाउने गर्दछ । विन्डोज, म्याकओएस, एन्ड्रोईड, आईफोन र लाईनक्सका लागि पनि विभिन्न एन्टी भाईरस प्रोग्रामहरु उपलब्ध रहेका छन् ।

डाउनलोड गर्दा सतर्क रहनुहोस्

इन्टरनेटसँग सम्बन्धित कुनै पनि यस्ता एप्लिकेशन जब तपाईं डाउनलोड गर्दै हुनुहुन्छ, जसमा डकुमेन्ट, तस्वीर, अडियो वा भिडियो आदि सेयर गर्न एक्सेस हुने गर्दछ । यस्ता एप्लिकेशनहरू डाउनलोड गर्नुभन्दा पहिला आफ्नाे जेन्युन एन्टिभाइरसद्वारा स्क्यान गर्नु जरुरी छ । साथै, जुन पायो त्यो सप्टवेयरहरू आफ्नाे कम्प्युटरमा डाउनलोड र इन्स्टल गर्ने पनि नगर्नुहोस् । त्यस्ता एप्लिकेशनहरू जसमा कुनै सिक्युरिटी सर्टिफिकेट छैन, त्यसले तपाईंको कम्प्युटरलाई हानी गर्नेबाहेक अरु काम गर्दैन ।

अरू केही महत्वपूर्ण कुराहरू :

  • आफ्नो इन्टरनेट ब्राउजरमा पप अप ब्लक अप्सन एक्टिभ गरेर नचाहिने विज्ञापनहरू र सूचनाहरूमा नियन्त्रण पाउनुहोस् ।
  • कुनै राम्रो एन्टिभाइरसको प्रयोग गर्नुहोस् र त्यसलाई नियमित अपडेट गर्दै गर्नुहोस् ।
  • आफ्नो कम्प्युटरको महत्वपूर्ण डाटाहरूको ब्याकअप राख्ने बानी गर्नुहोस् (डाटाहरूलाई छुट्टै डिस्क वा सिडीमा save गर्दै गर्नुहोस्) ।
  • जब इन्टरनेटसम्बन्धी काम सकियो, तब इन्टरनेट कनेक्सनलाई डिस्कनेक्ट  गर्न नभुल्नुहोस् ।
  • कुनै साइबर क्याफेमा नेट चलाइसकेर फकिंदै हुनुहुन्छ भने ब्राउजर हिस्ट्री क्लिअर र टेम्परेरी इन्टरनेट फाइलहरूलाई डिलिट गर्न नभुल्नुहोस् ।