कीवर्डहरू -

क्यान इन्फोटेक अवलोकन गर्नेलाई आईएमई पेको निःशुल्क भिसा कार्ड

क्यान इन्फोटेक अवलोकन गर्नेलाई आईएमई पेको निःशुल्क भिसा कार्ड

डिजिटल वालेट आईएमई पेले इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३ अवलोकन गर्नेलाई निःशुल्क भिसा कार्ड दिने भएको छ । मंगलबारदेखि सुरू भएको इन्फोटेकमा आईएमई पेले निःशुल्क भिसा कार्ड वितरण गरिरहेको छ ।

आईएमई पेको स्टलमा गएर भिसा कार्ड लिन सकिने छ । त्यसका लागि आईएमई पे प्रयोगकर्ता हुनुपर्नेछ । मोबाइलबाट क्युआर कोड  स्क्यान गरेर एकैछिनमा भिसा कार्ड लिन सकेन छ ।

आईएमई पे भिसा कार्ड भनेको एटिएम कार्ड जस्तै हो । भिसा कार्डबाट कारोबार गर्न आईएमई पे वालेटमा पैसा भने हुनुपर्नेछ । उक्त भिसा कार्डमार्फत अनलाइन कारोबार, पोस मेसिन र एटिएमबाट पैसा झिक्न सकिने छ ।

यसका साथै आईएमई पेले क्यान इन्फोटेक अबलोकन गर्नेका लागि विभिन्न गेम्सको समेत व्यवस्था गरेको छ । गेम खेल्दा कप, टिसर्ट, डटपेन लगायतका गिफ्ट पाइने छ भने बम्परमा एक जनाले सामसङको स्मार्टफोन जित्न सक्ने छन् ।

भिसा कार्ड हराएमा एपबाटै ब्लक, अनब्लक गर्न सकिन्छ । साथै कार्डको पीन रिसेट र डिएक्टिभेट पनि एपबाटै गर्न सकिन्छ । भौतिक कार्डबाट पस मेसिनमा ट्याप गरेर पेमेन्ट पनि गर्न सकिन्छ ।

भिसा नेटवर्कमा उक्त कार्ड प्रयोग गर्न सकिन्छ । भौतिक र भर्चुअल दुबै कार्डको भ्यालिडिटी ३ वर्षको हुन्छ । भौतिक कार्ड रिन्यु केन्द्रिय कार्यालय वा एजेन्टबाट गर्न सकिने छ ।