कीवर्डहरू -

ब्रदर प्रिन्ट एक्स्पोमा ५० प्रतिशतसम्म छुट

ब्रदर प्रिन्ट एक्स्पोमा ५० प्रतिशतसम्म छुट

सागर ग्रुपले माघ २४ गतेदेखि सुरू भएको ब्रदर प्रिन्ट एक्स्पो २०२३ चलिरहेको छ । माघ २९ गतेसम्म चल्ने उक्त एक्सपो काठमाडौँको न्युरोड गेटमा रहेको कम्पनीकै कर्पोरेट सेल्स अफिस आइटी.टावर भईरहेको छ ।

उक्त ब्रदर प्रिन्ट एक्स्पो २०२३ मा सागर ग्रुपको अन्तर्राष्ट्रिय १२ ब्राण्ड तथा प्रडक्टहरूको प्रतिनिधित्व गर्ने गरी प्रदर्शनी भइरहेको छ । नेपालको लागि ब्रदर ब्रान्डको एक मात्र आधिकारिक बिक्रेता सागर ग्रुपले ब्रदर ब्रान्डको सम्पूर्ण प्रडक्ट प्रदर्शनी सहित प्रिंटिंग सम्बन्धी सोलुसनको सेवा दिएको छ ।

यस कार्यक्रमका लागि नेपाल भरी बाट कम्पनीको डिलर तथा बिजनेस पार्टनर हरू उपस्थिति रहेका छन् । कार्यक्रममा विभिन्न सघंसंस्था, सरकारी कार्यालय तथा गैर सरकारी संस्थाहरूको लागि सागर ग्रुपको अनुभवी सेल्स टिम बाट परामर्श तथा प्रदर्शनी गरिनुका साथै सफ्टवेयर, साइबर सेक्युरिटीको बारे चेतना वृद्धि गर्नका लागि विभिन्न कार्यहरु सञ्चालन भइरहेका छन् ।

उपस्थित अवलोकनकर्ताहरूलाई आकर्षण उपहार, नियमित छुट भन्दा बढी छुट, लगायत विभिन्न उपहारहरु एक्सपोमा प्रदान भइरहेको छ । अवलोकन गर्ने ग्राहकहरूलाई  झन्डै २० प्रतिशत देखि ५० प्रतिशतसम्म छुट रहेको छ ।

माघ २४ गते देखि सुरु भएको ब्रदर प्रिन्ट एक्स्पो २०२३ मा सुरुवात भएको दिन देखि नै उल्लेखनीय रूपमा अवलोकन र सहभागी  कर्ताहरूको उपस्थिति रहेको छ ।  अब केही दिन सम्म चल्ने यस ब्रदर प्रिन्ट एक्स्पो २०२३ मा डिलर तथा बिजनेस पार्टनर हरूलाई विशेष इन्सेन्टिभ दिइएको छ ।