कीवर्डहरू -

शनिबार रिभ्याम्प नेपालको पाँचौं संस्करण, निःशुल्क प्रवेशको व्यवस्था

शनिबार रिभ्याम्प नेपालको पाँचौं संस्करण, निःशुल्क प्रवेशको व्यवस्था

रिभ्याम्प नेपालको पाँचौं संस्करण “रिभ्याम्प नेपाल २०२३” माघ २८ गते शनिबार ठमेलको छाँया सेन्टरमा आयोजना हुने भएको छ।

दिनभर चल्ने यस कार्यक्रममा नेपाली व्यवसायिक क्षेत्रमा हाल सक्रिय रहेका नयाँउद्यम र व्यवसायहरु तथा प्रमखु व्यापारिक संस्थाहरूको संलग्नता रहनेछ भने प्रवेश नि: शुल्क रहनेछ।

महामारीबाट प्रभावित अर्थतर्थन्त्रको पनुरुत्थानलाई प्रेरित गर्न मद्दतको लागि २०२१ को शरुुमा अवधारणा गरिएको रिभ्याम्प नेपाल कार्यक्रम फेब्रअरी २०२१ मा र अगस्ट २०२१ मा भर्चुअर्चुल्ली आयोजना गरिएको थियो।

त्यसपछि पुनु : अप्रिल र सेप्टेम्बर २०२२ मा भएको थियो। पाँचौं संस्करणले सहभागीहरूलाई प्रत्यक्ष रूपमा सम्भावित ग्राहकहरू, ग्राहकहरू र साझदारहरूसँग अन्तरक्रिया गर्न र उनीहरूलाई आफ्ना उत्पादन र सेवाहरू प्रवर्द्धन गर्न मद्दत गर्ने प्लेटफर्म प्रदान गरेर हालको संघर्षरतर्ष बजारलाई मद्दत गर्ने प्रयत्न गर्नेछ।

फाइब्रो नेपाल र आइडिया जार डिजिटलद्वारा नबिल बकसैंगको सहकार्यमा आयोजित रिभ्याम्प नेपालको यस संस्करणमा डिश होम, ई-बिमा, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, उपाय, फुडमाण्डु, नेपाल एयरलाइन्स, ई-सेवा, सिस्क्यबु टेक्नोलोजी, आर्टसियम प्रोडक्सन, ग्रेस इन्टरनेशनल एजकुेशन, यजी केक, रमाइलो गेम्स, शेयरिङ अपर्चुनिटिज, हाइलाइफ, र नेपाल यवा उद्यमी फोरम (NYEF) - काठमाडौं च्याप्टर लगायत संस्थाहरुको सहयोग रहेको छ ।

कार्यक्रममा ७० भन्दा बढी उद्यम व्यवसायहरुको सहभागिता हुनेछ भने ७००० भन्दा बढी अवलोकनकर्ताहरूको उपस्थितिको अपेक्षा गरिएको छ । रिभ्याम्प नेपाल माघ २८ गते शनिबार बिहान साढे १० बजेदेखि साँझ ७ बजेसम्म चल्ने छ ।