कीवर्डहरू -

नेपालमा बनेको ओएमआर स्क्यानर

नेपालमा बनेको ओएमआर स्क्यानर

बारकोड नेपाल प्रालिले शैक्षिक संस्था तथा इन्स्टिच्यु हरूलाई लक्षित गरी कम लागतको ओएमआर प्रविधि  विकास गरेको छ । अहिले महँगोमा उपलब्ध ओएमआरको लागि यो सोलुसन सस्तो विकल्प हो।

ओएमआरले धेरै छोटो अवधिमा हजारौं उत्तर पत्रहरू स्वचालित रूपमा जाँच गर्दछ र शैक्षिक संस्था तथा इन्स्टिच्युट हरूको लागि नियमित परीक्षा र परीक्षणहरू सञ्चालन गर्न उपयोगी छ ।

विद्यार्थीहरूले आफ्ना उत्तरहरू ओएमआर पेपरमा चिन्ह लगाउँछन्, र सबै पानाहरू स्वचालित मेसिनद्वारा सफ्ट वेयरको मदतले  स्क्यान हुन्छन्। प्रयोगकर्ताले एक्सेल फाइलमा सही उत्तर इनपुट गर्दछ र सबै पानाहरूबाट अंकहरू मिनेट भित्र गणना गरिन्छ।

बारकोड नेपालले बनाएको प्रविधि कम्प्युटर भिजनमा आधारित छ । यस प्रणालीको लागि कुनै महँगो हार्डवेयर आवश्यक छैन र सेवा पनि स्थानीय रूपमा प्रदान गरिन्छ।

यो ओएमआर स्क्यानरको लागि कुनै विशेष कागजको आवश्यकता पर्दैन र कागजको मुद्रण पनि कार्यालय प्रिन्टरबाट गर्न सकिन्छ।

कम्प्युटर भिजनमा काम गर्दै आएको बारकोड नेपाल प्रालि र सहायक कम्पनी क्रिमसन टेकले नेपालमा अरु पनि विभिन्न सोलुसन उपलब्ध गराएको छ । यो प्रविधि अहिले इन्फोटेकको स्टल नम्बर ए  १०-११ मा अवलोकन गर्न सकिन्छ ।