कीवर्डहरू -

८० सेकेण्डमै २० प्रतिशत चार्ज हुने फोन रियलमी जिटी निओ फाइभ

८० सेकेण्डमै २० प्रतिशत चार्ज हुने फोन रियलमी जिटी निओ फाइभ

रियलमी जिटी निओ ५ स्मार्टफोनले ८० सेकेण्डमै २० प्रतिशत चार्ज गर्ने भएको छ । फोनमा २४० वाट फास्ट चार्जिङ राखिएको छ ।

४६०० एमएएचको ब्याट्री प्रयोग गरिएको यस फोनले ४ मिनेटमै ५० प्रतिशत चार्ज पूरा गर्न क्षमता राखेको छ । त्यस्तै यसले ९.५ मिनेटमा शत प्रतिशत चार्ज हुने गरेको छ । यति छिटो चार्जिङ जिएएन पावर एडाप्टर प्रयोग गरेर बनाइएको छ ।

रियलमीले यो फोन ४ वर्ष अर्थात १६०० साइकल चार्ज पूरा गरिसक्दा पनि यसको ब्याट्री लाइफ ८० प्रतिशत भन्दा नघट्ने बताएको छ ।

रियलमी जिटी निओ ५ चीनमा उपलब्ध भईसकेको छ । यसमा स्नापड्रागन एट प्लस जेन वान चिप प्रयोग गरिएको छ । विस्तारै यो अरु देशका लागि पनि उपलब्ध हुनेछ ।