कीवर्डहरू -

गूगलको एआई बार्डले गलत उत्तर दिएपछि शेयर मूल्यमा भारी गिरावट

गूगलको एआई बार्डले गलत उत्तर दिएपछि शेयर मूल्यमा भारी गिरावट

गूगलले च्याटजीपीटी जस्तै आफ्नै एआई प्लेटफर्म बार्डलाई सार्वजनिक गरेको थियो । तर पब्लिक डेमो गर्दा गलत प्रतिक्रिया दिएपछि गूगलको प्यारेन्ट कम्पनी अल्फाबेटको शेयर मूलयमा १०० अर्बको गिरावट आएको छ ।

च्याटजीपीटी एक विशाल भाषिक मोडेल च्याटबट हो । यसले सामान्यतया छलफल गरेसरहनै अन्तर्क्रिया गर्न सक्छ र मान्छेले कुरा गरेजस्तोनै लाग्ने गर्दछ ।

यो अहिले प्रयोगकर्ता माझ एकदमै लोकप्रिय हुँदै गइरहेको छ, जसका कारण सन् २०२३ मा कम्पनीले २०० मिलियन अमेरिकी डलर आम्दानी गर्ने र २०२४ सम्ममा १ बिलियन डलर आम्दानी गर्ने अनुमान लगाएको छ ।

यही चर्चालै हेर्दै गरेको गूगलले अब आफ्नै टेक्स्ट जेनेरेट गर्ने बार्ड नामक एआइ प्लेटफर्म सार्वजनिक गरेको हो । यो च्याट गर्ने परिक्षणात्मक टूलको रुपमा प्रयोग गरिएको थियो तर पहिलो जाँचमै बार्डले गलत जवाफ फर्काएको थियो ।

गूगलले धेरैजस्तो समय प्रश्नहरुका लागि सुझावित जवाफ मात्रै दिने गर्दछ र त्योसँगै महत्वपूर्ण हुन सक्ने लिंकहरु देखाइदिने गर्दछ तर च्याटजिपीटीले एकदमै उचित तथा सटिक जवाफ दिने गर्दछ, जसकारण प्रयोगकर्ताहरुले च्याटजीपीटीलाई गूगल भन्दा बढी रुचाउन थालेका छन् ।

बार्डलाई म मेरो नौँ वर्षको बालकलाई जेम्स वेब टेक्नोलोजीले केके पत्ता लगायो भनेर भनौँ भनेर प्रश्न गर्दा बार्डले विभिन्न बुँदामा यसको जवाफ दिएको थियो । तर एउटा बुँदामा बार्डले जेडब्लुएसटीले सोलार सिस्टम बाहिरको ग्रहको पहिलो तस्बिर लिएको हो भनेर दिएको थियो ।

यो कुरा गलत रहेको नासाको ठहर छ किनभने सोलार सिस्टम बाहिरको ग्रहको पहिलो तस्बिर खिच्ने यूरोपेली दक्षिणी ओबजरभेटरीको एकदमै ठूलो टेलिस्कोपले दुई दशक अघिनै सो फोटो खिचिसकेको थियो । बार्डको गलत जवाफका कारण अहिले अल्फाबेटको शेयर मूलयमा अर्बौंको गिरावट भईरहेको छ ।