कीवर्डहरू -

टुटलले साढे ३ करोड रुपियाँ कर बुझाउनुपर्ने, पठाओमाथि पनि छानबिन हुँदै

टुटलले साढे ३ करोड रुपियाँ कर बुझाउनुपर्ने, पठाओमाथि पनि छानबिन हुँदै

काठमाडौँ – टुटलले ३ करोड ४० लाख कर तिनुपर्ने भएको छ ।

कर छली गरेको निश्कर्षसहित आन्तरिक राजस्व कार्यालय ललितपुरले ‘राइड सेयरिङ’ सेवा दिने कम्पनी टुटललाई यो कर निर्धारण गरेको हो ।

विभागले तीन महिनासम्म टुटलको फाइल अध्ययन गरेर यो निश्कर्ष निकाले बताएको छ ।

यो रकम जरिवाना र ब्याजसहितको हो ।

‘तीन आर्थिक वर्षको मूल्य अभिवृद्धि कर (भ्याट), संस्थागत आयकर र राइडरलाई दिने रकमको अग्रिम करकट्टी शीर्षकमा कर निर्धारण गरिएको हो ।’, राजस्व स्रोतले भन्यो ।

टुटलपछि बंगलादेशी कम्पनी पठाओले पनि एक वर्षअघि नेपालमा यस्तै सेवा सुरु गरेको छ । पठाओले पनि कर छली गरेको आशंकामा कर दर्ता कार्यालयले छानबिन गरिरहेको छ ।

आजको कान्तिपुर दैनिकमा यो समाचार प्रकाशित छ ।