कीवर्डहरू -

आइसिटी समाचार प्रभावः केन्द्रले भन्यो, ‘हार्डवेयर र सफ्टवेयरको विवरण लिन इमेल गरेका छैनौं’

आइसिटी समाचार प्रभावः केन्द्रले भन्यो, ‘हार्डवेयर र सफ्टवेयरको विवरण लिन इमेल गरेका छैनौं’

शिक्षा मानव तथा स्रोत विकास केन्द्रले स्थानिय निकाय र विद्यालयमा इमेल मार्फत हार्डवेयर र सफ्टवेयरको विवरण लिन आफुहरूले इमेल नगरेको जनाएको छ ।

केन्द्रले आईतबार एक सूचना जारी गर्दै केन्द्रले इमेलमा पठाएको भेरिफिकेसन पोर्टल आधिकारिक नभएको र सो बारे अनुसन्धान भइरहेको जानकारी दिएको हो ।

शुक्रबार आइसिटी समाचार डटकममा ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाममा व्यापक चलखेलको प्रयास, अनाधिकृतरूपमा संकलन गरिदै सफ्टवेयर र हार्डवेयरको विवरण’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

उक्त समाचार प्रकाशित भएपछि केन्द्रले ध्यानाकर्षण भएको र सो सम्बन्धमा अनुसन्धान भइरहेको बताएएको छ ।

'मिति २०७९/१०/२७ मा ictsamachar नामक इ पत्रिकामा प्रकाशित समाचारप्रति यस केन्द्रको ध्यानाकर्षण भएको छ,' केन्द्रले जारी गरेको सूचनामा भनिएको छ, 'सो सम्बन्धमा अनुसन्धान भई रहेको जानकारी गराईन्छ । समाचारमा उल्लेख भएबमोजिमको Verification Portal यस केन्द्रको आधिकारिक साइटबाट जारी नभएको जानकारी गराइन्छ ।'

प्रकाशित समाचार अनुसार शिक्षा तथा मानवस्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरको नाम राखी सम्पुर्ण स्थानिय निकाय र विद्यालयमा इमेलमार्फत अनाधिकृत रुपमा हार्डवेयर र सफ्टवेयरको बारेमा जानकारी लिने प्रयास गरिएको छ ।

उक्त इमेलमा स्पेसिफिकेसन अनुसारको प्रडक्टहरु बजारमा उपलब्ध हुन नसकेको हुँदा स्पेसिफिकेसनमा केही संसोधन भएको कारण सफ्टवेयर खरिद गर्दा सफ्टवे्यरको सुपर एड्मिन शिक्षा तथा मानवस्रोत विकास केन्दलाई बुझाउनुपर्ने र केन्द्रले भेरिफाइ गरेपश्चात मात्र खरिद गर्नुपर्ने नियम रहेको जानकारी गराउदै एड्मिन पासवर्डसहित सम्पुर्ण विवरण बुझाउन एक आइपी एड्रेस उपलब्ध गराइएको छ ।

उक्त इमेलमा विवरण पठाउन आईपी एड्रेस दिइएको छ । त्यसमा क्लिक गर्दा CEHRD Product verification Form खुल्छ । उक्त आईपी एड्रेस आधिकारिक साइटबाट जारी नभएको केन्द्रले जनाएको छ ।


यो पनि पढ्नुहोस्ः राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको नाममा व्यापक चलखेलको प्रयास, अनाधिकृतरूपमा संकलन गरिदै सफ्टवेयर र हार्डवेयरको विवरण


हेर्नुहोस् केन्द्रले जारी गरेको सूचना