कीवर्डहरू -

आइएमई पे र चन्द्रागिरि हिल्सबीच सम्झौता

आइएमई पे र चन्द्रागिरि हिल्सबीच सम्झौता

आइएमई पे र चन्द्रागिरि हिल्सवीच फील द एयर नामक अफर सार्वजनिक गरिएको छ । अफर अनुसार आइएमई पे वालेट एप प्रयोगकर्ताहरूले चन्द्रागिरि केबलकारको टिकट आइएमई पे एप मार्फत काटेमा चन्द्रागिरि हिल्समा रहेको विभिन्न राइड्सहरुमा छुटहरु प्राप्त गर्न सक्ने छन् ।

सीमित समयको लागि मात्र लागु भएको यस अफर मार्फत प्रयोगकर्ताहरुले जिप लाइनिङमा १५ प्रतिशत छुट, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्

हरेक दिन १ भाग्यशाली विजेताले चन्द्रागिरि केबलकारको निः शुल्क इभिनिङ् (साँझ मात्र लागु हुने) टिकट जित्ने मौका पनि पाउनेछन् । सो टिकट वितरण गरिएको दिनदेखि एक हप्तासम्म मात्र मान्य हुनेछ ।

साथै, यी दुई कम्पनीबीच प्रणय दिवसको अवसर पारी अर्को अफर पनि सार्वजनिक भएको छ । माघ २८ देखि फाल्गुन १३ गतेसम्म आइएमई पे एपबाट चन्द्रागिरि केबलकारको टिकट काट्ने ५ भाग्यशाली विजेताहरुले प्रणय दिवसको दिन चन्द्रागिरिमा रोमान्टिक कपल डिनर जित्ने मौका पाउनुहुनेछ ।

सो अफरको विजेताहरुको घोषणा एवम् सम्पूर्ण जानकारी आइएमई पेको सामाजिक सन्जालमा पाउन सकिने छ ।