कीवर्डहरू -

भिरिन्ची कलेजले आयोजना गरेको रोबो र्‍याम्प रेस २.० सम्पन्न, एमिनिटी स्कुलको टिम पहिलो हुन सफल 

भिरिन्ची कलेजले आयोजना गरेको रोबो र्‍याम्प रेस २.० सम्पन्न, एमिनिटी स्कुलको टिम पहिलो हुन सफल 

भिरिन्ची कलेजले आयोजना गरेको रोबो र्‍याम्प रेस २.० सम्पन्न भएको छ । आइसिटी मेला ३.० को मुख्य कार्यक्रमको रूपमा रहेको रोबो र्याम्प रेस सम्पन्न भएको हो ।

रोबो र्याम्प रेसमा २० बढी स्कुलका टिमहरू सहभागी भएका थिए । उनीहरूको यस प्रतियोगिताका लागि आफै डीआईवाई रिमोट कन्ट्रोलर र रोबोटिक कार तयार पारेका थिए ।

\"\"

आईतबार भएको रोबो र्‍याम्प रेस २ फाइनल खेलमा  एमिनिटी स्कुलको टिम पहिलो भएको छ । त्यस्तै काठमाडौं प्राज्ञ कुञ्ज स्कुलको टिम दोस्रो र युनाइटेड एकेडेमीको टिम तेस्रो भएको छ ।

रोबो र्‍याम्प रेस १०० फिटभन्दा बढी ट्रयाकमा जिपलाइन र सर्भिलेसन्स टनेलसहित विभिन्न कठिनाइका साथ सञ्चालन गरिएको भिरिन्ची कलेजका सीईओ आकाश सिम्खडाले जानकारी दिए ।