ओपेराले वेबपेजमा च्याटजिपीटी आवद्ध गरेको छ । यसले लेखहरुलाई पनि संक्षिप्त तरिकाले बुझ्नलाई मद्दत पुर्याउने छ ।
अब ओपेरामा सर्टेन फिचर आउने भएको छ, जसले लेखहरुलाई संक्षिप्त बनाइ बुझ्न सहज गर्ने गर्छ । यो नयाँ फिचर एड्रेस बारको छेउमा आउने छ ।
च्याटजीपीटीले तपाईले हेरिरहेको वेबपेजको बुदाँगत किसिमले संक्षेपिकरण गर्ने गर्दछ । आफ्नो ब्राउजरमा एकीकरण गर्नका लागि ओपोले अरु एआइ फिचरहरुमा पनि अनुसन्धान गरिरहेको छ । च्याटजीपीटी एक एआई च्याटबोट सिस्टम हो ।
च्याटजीपीटी जीपीटी ३.५ मा आधारित एक विशाल भाषिक मोडेल च्याटबट हो । यसले सामान्यतया छलफल गरेसरहनै अन्तर्क्रिया गर्न सक्छ र मान्छेले कुरा गरेजस्तोनै लाग्ने गर्दछ ।
यसकारण धेरै प्रयोगकर्ताहरुले यो एआइ रुचाउन थालेका छन् र ओपेराले पनि सोही कारण आफ्नो ब्राउजरमा च्याटजीपीटी एकीकृत गरेको हो ।