कीवर्डहरू -

भायानेट कम्युनिकेसनको विभिन्न ३ स्थानमा नयाँ शाखा विस्तार

भायानेट कम्युनिकेसनको विभिन्न ३ स्थानमा नयाँ शाखा विस्तार

भायानेट कम्युनिकेसनले  दाङको लाल मटियामा नयाँ शाखा विस्तार गरेको छ। यस्तै कम्पनीले मोरङको उर्लाबारी र तनहुँको आँबु खैरेनीमा नयाँ शाखा विस्तार गरेको हो ।

पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्राफाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउने व्यवस्था गरिएको छ ।

भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आइएसओ ९००१–२०१५ प्रामाणिक कम्पनी हो।