कीवर्डहरू -

एप बाटै ट्याक्सीमा यात्रा सरर

एप बाटै ट्याक्सीमा यात्रा सरर

काठमाडौं। ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले इजि ट्याक्सी नेपाल नामक एप सञ्चालनमा ल्याउने भएको छ। यो सुविधा आएपछि अब ट्याक्सिलाई बोलाएर सजिलो सँग यात्रा गर्न सकिने छ।

यो एप गुगल प्ले स्टोर वा एप्पलको एप स्टोरबाट डाउनलोड गर्न सकिने छ। एप डाउनलोड गरेपछि दर्ता गर्नुपर्नेछ र दर्ता गरेपछि आफू बसेको स्थान देखि जाने ठाउँ तय गर्नुपर्नेछ। नजिक भएको ट्याक्सीले एसेप्ट गरेपछि फोन गर्न सकिने छ।

समाजका अध्यक्ष सानु पुर्वाछाने मगरका अनुसार सय वटा ट्याक्सीमा परीक्षण गरेपछि सबैलाई एपमा आबद्ध गराइने छ। ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजमा ५ हजारभन्दा धेरै ट्याक्सी आवद्ध रहेको र यात्रुलाई ट्याक्सी भेटन ५ मिनेट भन्दा बढी समय नलाग्ने मगरले जानकारी दिए।

एप चलाउन नजान्ने ट्याक्सी चालकलाई तालिम दिइने उनले बताए। नेपालमा यस्तै सुविधा सारथी ले पनि दिदै आएको छ।